Logo

छोरा भेट्न कैलाली कारागार पुगेकी आमा खैरो हिरोइनसहित पक्राउ



काठमाडौं,१० असार । प्रहरीले कैलाली जिल्ला कारागारबाट एक महिलालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको जिल्ला कारागारमा रहेका छोरा भेट्न पुगेकी ५० वर्षीय कमलादेवी अवस्थी लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेकी हुन् ।

लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्