Logo

निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?



काठमाडौं, असार ११ । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन ।

मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको हो । प्रत्येक महिनाको पहिलो हप्ता तथा महिनामा एकपटक सचिव बैठक बसेर प्रशासनमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने प्रयास गरिँदै आइएकोमा बैठक बस्न छोडेपछि सो कार्यसमेत अघि बढ्न सकेको छैन । जसका कारण निजामती प्रशासन झन् पछि झन् सुस्त र जुम्सो हुँदै गएको सरोकारवालाको टिप्पणी छ ।

सचिव बैठक अवरुद्ध हुँदा विभिन्न मन्त्रालयले तत्कालका लागि ल्याउनुपर्ने योजना तथा नीतिहरू आउन सकेका छैनन् । विशेष गरी किसानहरूले खेतीपातीको सिजनमा मल पाउन सकेका छैनन् भने चर्को मूल्यवृद्धिले जनताहरू आहत छन् ।

सरकारी निकायले बजारमा अनुगमन गर्न नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि अनियन्त्रित रूपमा भइरहेको छ । सचिव बैठकले यस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर सर्वसाधारण जनतालाई राहत दिने गरी विभिन्न नीति योजना र कार्यक्रम ल्याउने सम्बन्धमा निर्णय गर्न सक्छ तर मुख्य सचिवलगायत सचिवहरूले यो विषयलाई प्राथमिकतामा राख्न सकेको देखिएको छैन ।

तत्कालीन मुख्य सचिव शंकरदास वैरागीले शुरूका दिनमा सचिव बैठक नियमित राख्ने गरेको भए पनि पछिल्ला दिनहरूमा भने उहाँले सचिव बैठक राख्न सकेका थिएनन् । वैरागीले बेलाबेलामा सचिवको बैठक राख्ने गरेको तर सचिव बैठकको निर्णय कार्यान्वयन गराउन नसकेपछि बैठक राख्नै छोडेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले बताए । ‘तत्कालीन मुख्य सचिव वैरागीले सचिव बैठकको निर्णय कार्यान्वयन गराउन खासै पहल नगर्नाले बैठकका निर्णय कार्यान्वयन हुन सकेन, जसका कारण सचिव बैठक निकै फितलो हुने गरेको थियो’ –ती सहसचिवले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सचिव बैठकले प्रभावकारी निर्णय गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । नयाँ मुख्य सचिवमा डा। वैकुण्ठ अर्याल आएको ढेड सातासम्म उनले पनि सचिव बैठक बसेर नयाँ योजना र कार्यक्रम ल्याउन सकेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार तत्कालीन मुख्य सचिवद्वय लोकदर्शन रेग्मी तथा शंकरदास बैरागीको कार्यकालमा सचिव बैठक विभिन्न समयमा अवरुद्ध हुँदै आएको थियो । त्यसअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले भने दिन नै तोकेर हरेक महिना सचिव बैठक बसाल्ने गरेका थिए ।

सचिव बैठकमा समसामयिक विषयमा छलफल गरी कुनै समस्या परेमा त्यसको तत्काल निकास दिने कार्य समेत गरिएको थियो । तर, अहिले सचिव बैठक अवरुद्ध भएकाले तत्काल आइपर्ने समस्या समाधानका लागि कुनै पहल र छलफल हुन छोडेको बताइन्छ । नेपाल समाचारपत्र दैनिकबाछ



प्रतिक्रिया दिनुहोस्

Screenshot