Logo

प्राध्यापकहरुका लागी पाँच दिने तालिम सम्पन्न



काठमाडौं, असार ११ । मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईद्वारा आयोजित पाँच दिने तालिम सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईका संयोजक उप.प्रा. कल्पना पौडेलको अध्यक्षतामा ट्रेनिङ अफ ट्रेनर्स फर फेकल्टि मम्बरर्स तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले तालिमले सहभागी प्राध्यापकहरुको क्षमता विकासमा सहयोग पुगेको र सोको प्रतक्ष्य लाभ विद्यार्थीहरुमा पर्ने कुरामा विश्वास व्यक्त गरे। उनले अबको दिनमा समेत यस प्रकारका तालिमहरु थप शसक्त रुपमा अगाडि बढ्ने र सोही उदेश्यका साथ मध्यपश्चिम विश्वविद्यालय तालिम इकाई, मुटुको स्थापना भएको जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालित उक्त तालिम असार ६ देखि १० गते सम्म केन्द्रीय कार्यालय स्थित सेमिनार हलमा संचालन भएको थियो ।

मध्यपश्चिम विश्वविद्यालयका बिभिन्न ग्र्याजुएट स्कूल तथा क्याम्पसहरुबाट ३० जना प्राध्यापक तालिममा सहभागी रहेका थिए भने त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयबाट गरी ५ जना प्रशिक्षकले तालिम सहजीकरण गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot