Logo

विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री कार्की



काठमाडौं,११ असार । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।

गत जेठ १७ गते प्रदेश सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि संबैधानिक रुपमा संकटमा परेका मुख्यमन्त्री कार्कीले यही असार १४ गतेलाई विशेष अधिवेशन बोलाउने तयारी गरेका छन् ।

संविधान अनुसार सत्ता साझेदार कुनै पनि दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्रमा प्रदेशसभाबाट पुनः विश्सासको मत लिनुपर्ने हुन्छ । ऐनको सोही व्यवस्था बमोजिम यही असार १४ गतेका लागि विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई शिफारिस गर्ने तयारी गरेका छन् ।

कोशी सरकारमा सहभागी भएको माओवादी केन्द्रले पनि गत जेठ ३० गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि हाल प्रदेश सरकारमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन पाएका कार्कीलाई आफ्नो सरकार टिकाउन एक सांसदको आवश्यक्ता पर्दछ ।

कार्कीलाई आफ्नो सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको सरकार अन्य दलहरूलाई फकाउने र बहुमत पुर्‍याउने तयारीमा एमाले लागेको छ । तर, अहिलेसम्म यो तयारी परिपक्क नभएको एमाले नेताहरू बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot