Logo

बिरामी भएपछि संसद्मा आएनन् ओली, विद्यार्थी मेलामा पनि गएनन्



काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा बाचन भईरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

नीति तथा कार्यक्रम वाचन भईरहँदा संसद्को दोस्रो ठूला तथा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् उनी विरामी भएको कारण संसद्मा नगएको एमाले स्रोतले जनाएको छ ।

एमाले निकट अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी मेलामा पनि ओली गएनन् । उक्त कार्यक्रममा ओली प्रमुख अतिथि हुने तय भएको थियो । तर, ओली विरामी भएपछि महासचिव शंकर पोखरेल कार्यक्रममा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्