Logo

बजारमा बिजनेष्ट बजार



काठमाडौं, ११ असार । हाल नेपाली युवा पुस्तामा स्वरोजगारको मोहसँगै बढेको उद्यमशीलताले व्यापार व्यवसायका विभिन्न आयामहरूलाई खोल्दै गईरहेको छ । उद्यमशीलताको बढोत्तरीसँगै नयाँ कम्पनी, एकल तथा साझेदारी फर्म, फ्रेन्चाईज लगायतका व्यावसायिक माध्यमहरूको प्रयोगमासमेत बृद्धि भई नै रहेको छ । यस्ता माध्यमहरूको प्रयोगमार्फत नै धेरै व्यावसायीहरूले मध्यमदेखि उच्च मुनाफा आर्जन गर्दै निरन्तर रूपमा सञ्चालन हुँदै आईरहेका छन् भने कतिपय व्यवसाय भने व्यापारी विदेशिनु परेकाले, सञ्चालकको स्वास्थ्यावस्था वा स्वेच्छिक तवरमा व्यवसायको अन्त्य गर्नु पर्ने लगायतका व्यापारीका व्यक्तिगत कारणहरूले गर्दा आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएका दृष्टान्तहरू बग्रेल्ती छन् ।

विविध कारणवश आफ्नो व्यवसायलाई खारेज गर्न वा बन्द गर्न व्यावसायीहरू बाध्य हुनु परेको अवस्थामा “बिजनेष्ट बजार” ले विकल्पसहित कसैलाई आफ्नो व्यवसाय बिक्री गर्नु परेमा वा खरिद गर्नु परेमा बिक्रीकर्ताले र खरिदकर्ताले सहमति गरेको मूल्यमा बिना कुनै कमिशन आफ्नो व्यवसाय खरिद बिक्री गर्ने प्लेटफर्म प्रदान गर्ने भएको छ ।

बिक्री गर्न चाहने व्यवसायी स्वयंले बिजनेष्ट बजारको वेभसाईटमा गई सहज तरिकाबाट बिक्री गर्नका लागि सूचिकृत गर्न सक्दछन् । खरिदकर्ताले पनि सोही वेभसाईटबाटै रकमको टुंगो लगाई खरिद गर्न सक्ने बिजनेष्ट बजारका संस्थापक कृष्ण पाल बताउँछन् । व्यवसाय खरिद बिक्री गर्ने सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण सेवाहरू प्रदान गर्न बिजनेष्ट बजार स्वयं सक्षम रहेको र नेपाली व्यावसायिक बजारमा यो एक नौलो आयाम भएकोमा बिजनेष्ट बजारको आगमनले समग्रतामा नेपालको कर्पोरेट समुदायलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउने संस्थापक पाल बताउँछन् ।

नेपालमा हाल उदयमान रहेको अर्को व्यवसाय “फ्रेन्चाईज बिजनेश” तर्फसमेत बिजनेष्ट बजारले सहजकर्ताको भूमिका निर्वाह गर्ने देखिन्छ । आफ्नो व्यवसायको फ्रेन्चाईजहरू खोलेर व्यावसायिक ख्याति कमाउन चाहने व्यवसायहरूदेखि लिएर नेपालमा आधिकारिक रूपमा दर्ता रहेका फ्रेन्चाईज बिजनेशहरूको आउटलेट खोल्न चाहनेहरूसम्म बिजनेष्ट बजारले आफ्नो सेवा बिस्तार गरी ती चाहनाहरू पूरा गर्ने उद्देश्य बिजनेष्टको रहेको छ ।

“आफ्नो व्यवसाय बन्द गर्नुको सट्टा कसैलाई सहजरूपमा सहुलियतपूर्ण तवरले आफ्नो व्यवसाय बिक्री गर्नु परेमा वा कसैलाई नयाँ व्यवसायको थालनी गर्नु भन्दा स्थापित व्यवसायलाई नै निरन्तरता दिनु वा फ्रेन्चाईज बिजनेश सुरू गर्नु ठिक लागेमा बिजनेष्ट बजार एक भरपर्दो माध्यम हुनेछ,”– संस्थापक पालले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot