Logo

प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई



काठमाडौं, १२ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् ।
‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न । यो सरकारबाट मुलुक बनाउन सम्भव छैन । त्यसकारण ठूला पार्टीहरु मिलेर जानुपर्छ भनेर एमाले र कांग्रेसबीच संवाद हुनु स्वाभाविक हो । त्यो जहिले पनि हुन्छ । तर एमाले तत्काल सरकार ढाल्ने काममा लागेको छैन । बाहिर आएको हल्ला मात्र हो । कुरा त्यति पर पुगिसकेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
बजेटमा जनतालाई उत्साह दिन नसक्ने सरकार अक्षम हो भन्ने पार्टीको निष्कर्ष रहेको राईले बताए । उनले थपे, ‘यो बजेटमा सुशासन र रोजगारीको दृष्टिकोण नै आएन । यसले नेपालको आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्दैन । मुलुकको बजेट गोरखा, नुवाकोट र डडेल्धुरामा मात्र राखेर हुन्छ ? यसलाई पुनर्लेखन गरेर जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
पशुपतिमा जलहरी लगायत कुनै पनि भ्रष्टाचारको छानबिन गर्न एमालेले अवरोध नगरेको सांसद राईको जिकिर छ । उनले भने, ‘कसैले आरोप लगाएर मात्र हुँदैन, पुष्टि गर्न सक्नुपर् यो नि । पशुपतिको जलहरी प्रकरण अख्तियारले हेरिरहेको छ । संसदीय समिति बनाएर जानुपर्ने कुरा उठेको छ । यसमा निष्कर्ष आइसकेको छैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot