Logo

बढ्यो डलर र युरोको भाउ



काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५६ पैसा कायम गरिएको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ ६३ पैसा र बिक्री दर १४३ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।

उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा तोकेको राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा र बिक्री दर १६७ रूपैयाँ २६ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसामा मंगलबार कारोबार हुनेछ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्