Logo

एमाले र रास्वपाको अवरोधपछि संसद बैठक स्थगित



काठमाडौं,१२ असार । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित  भएको छ ।

एमाले र रास्वपा सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।

एमाले र रास्वपाको निरन्तर अवरोध पछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot