Logo

केन्द्रपछि गण्डकी प्रदेशसभामा पनि एमालेले गर्‍यो सदन अवरोध



काठमाडौं,१२ असार । नेकपा एमालेले विरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध भएको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेटको गोपनीयता भंग गरेको विरोधमा प्रदेशसभाको बैठक अवरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा सत्ता गठबन्धनका कार्यकर्ताले जे राखेका थिए, वार्षिक विकास कार्यक्रममा त्यहीअनुसार बजेट आएको भन्दै अवरोध गरेका हुन् ।

एमाले र राप्रपाको अवरोधपछि बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

एमालेले आजै बसेको प्रतिनिधिसभाको बैठकमा पनि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयमा विरोध जनाउँदै संसद अवरोध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot