काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी परित्याग गरी एकता महिला समाजका अध्यक्ष कमला गौतम, उपाध्यक्ष कविता राई, सचिव रजनी लामा, कोषाध्यक्ष सरला पुनसहित सयौंको संख्यामा आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले स्वागत गरेका थिए । जसपा छोडेर सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा गोलबन्द एकोमा सबै नवप्रवेशीहरुलाई अध्यक्ष प्रभु साहले पनि सहर्ष पार्टीमा स्वागत, बधाई तथा थप उज्ज्वल राजनीतिक भविष्यको शुभकामना दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने आफ्नो पार्टीले देश र जनताको हितमा केन्द्रित रहेर काम गरिरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय आजपामा प्रवेश गर्नेहरुको संख्या दिनानुदिन बढेको उनको भनाई छ ।