Logo

विधि मिचेर ४३ औं नम्बरका भट्टराईलाई नार्कमा कामुको जिम्मेवारी



काठमाडौं, असार १३ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. ध्रुवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। कनिष्ठ वैज्ञानिक भट्टराईलाई मन्त्री भुसालले कामुको जिम्मेवारी दिएपछि नार्कमा विरोध भएको छ।

नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले गत जेठ २६ गते अवकाश लिँदा दोस्रो वरियतामा रहेका डा.डोजराज खनाललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए। नार्क भित्रको वरियता अनुसार भट्टराई ४३ नम्बरमा पर्छन्।

नार्कभित्र वैज्ञानिकहरूको एस १ देखि ८ तहसम्म रहेको छ। भट्टराईमाथि एस ६ मा तीन जना वैज्ञानिक छन्। भट्टराई एस ४ तहमा कार्यरत छन्। एस ४ मा पनि भट्टराई ४० औं नम्बरमा रहेको कृषि वैज्ञानिकको छाता संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट, नेपालले जनाएको छ। भुसालले वरियतालाई ख्याल नगरी निकै कनिष्ठ भट्टराईलाई कामु दिएपछि नार्कका वैज्ञानिक आन्दोलित भएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. ध्रुवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्।

कृषि अनुसन्धान परिषद्का अध्यक्ष कृषि तथा पशुपन्छी विकास हुने कानुनी व्यवस्था रहेको छ। कृषि मन्त्री भुसालले विधि र प्रक्रिया मिचेर जिम्मेवारी तोकेका हुन्। सरकारी कार्यालयमा कुनै पनि निर्णय गर्दा सम्बन्धित फाँटबाट टिप्पणी उठेर सचिव हुँदै मन्त्रीमा पुग्नुपर्ने भएपनि मन्त्री भुसालले प्रक्रिया नै नपुर्‍याई आफैंले हस्ताक्षर गरेर पत्र थमाएका हुन्।

स्रोतका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा। गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खरेलसँग कुनै छलफल र परामर्श नै नगरी जिम्मेवारीसहितको पत्र दिएपछि नार्कमा विवाद भएको हो।

कुनै पनि निर्णय हुनु पहिला कि नार्क वा मन्त्रालयबाट मन्त्रीकोमा गएपछि टिप्पणी सदर गर्ने प्रचलन छ। सचिवहरूले नियम विपरीतको काम गर्न नमान्ने ठानेर सोझै मन्त्रीले कामुको पत्र दिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

‘नियम विपरीतको निर्णय भएकाले सचिव वा अन्य कर्मचारीले मान्ने अवस्था थिएन,’ ती अधिकारील भने, ‘कसैको उक्साहटमा मन्त्रीले गलत निर्णय गर्नुभयो।’

स्रोतका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खरेलसँग कुनै छलफल र परामर्श नै नगरी जिम्मेवारीसहितको पत्र दिएपछि नार्कमा विवाद भएको आजको नागरिक दैनिकबाट

 

 



प्रतिक्रिया दिनुहोस्