Logo

राप्रपा नेतृ रेखा थापाद्वारा कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनको खरो आलोचना



काठमाडौं, असार १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी असार १० सुरु भएको केन्द्रिय कार्यसम्पादन बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना भएको छ ।

केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा कार्य सम्पादन समिती सदस्य समेत रहेकी नेतृ रेखा थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाउँदै आलोचना गरेकी हुन ।

बैठकमा बोल्दै नेतृ थापाले नेतृत्व गतिहिन, प्रभाबहिन र अदुरदर्शी  ढङ्गले अघि बढेको भन्दै यसबाट पार्टीको भबिष्यमा गम्भिर असर पर्ने बिचार ब्यक्त गरेकी छिन् । पार्टी संचालन गर्न दिर्घकालिन योजना, फराकिलो चिन्तन र  सबैलाई समेट्न सक्ने क्षमताको आबश्यकता पर्ने तर, अहिले पार्टी नेतृत्व चाकरी ,चाप्लुसी र भक्तिगानमा रुमल्लिदै एकाङ्गी ढङ्गले अघि बढेको उनको आरोप छ ।

बैठकमा बोलेको कुरालाई उल्लेख गर्दै एक नेताले भने, ‘कमल थापाको बारेमा प्रश्न उठाएर नेतृत्व परिबर्तन गर्नेहरु आज अझै बढी निरङ्कुश भएको उनको टिप्पणी थियो ।’

नेतृ थापाले पार्टी बिधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिदै नेतृत्वलाई खुशी पार्नेहरु मात्र पार्टीमा हाबी हुने हो भने पार्टी धराशायी भएर जाने समेत धारणा राखेको ति नेताले जानकारी दिए ।

योग्यता, क्षमता ,जनमतलाई हेरेर पार्टीमा भुमिका र जिम्मेवारी दिनुपर्नेमा नेतृत्वको स्तुतीगान गाउने मात्र अवसर पाउने हो भने स्वाभिमानी कार्यकर्ताले राप्रपामा लाग्नुको तुक नहुने नेतृ थापाको भनाई रहेको थियो ।

नेतृ थापाको धारणामा पार्टीका उपाध्यक्ष बिक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ, ठाकुरमोहन श्रेष्ठ लगायतले समर्थन जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot