Logo

पशुपतिमा चढाइएको जलहरी आज अपराह्न ४ बजे पुनर्स्थापित गरिने



काठमाडौं, असार १३ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी आज शिवलिङ्गमा पुनर्स्थापित गरिने भएको छ । आइतबार अख्तियारसहितको टोलीले नापजाँचका लागि निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले आज अपराह्न ४ बजेपछि जलहरी पुनर्स्थापित गर्ने तयारी रहेको बताए।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।



प्रतिक्रिया दिनुहोस्