Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही भएको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही गरेको बताएका छन् । र, सो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको उनको भनाई छ । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘हाईप्रोफाईल व्यक्तिहरु कानूनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको बेलामा र त्यसले जनतामा ठूलो आक्रोश जन्माईराखेको बेलामा । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र, नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानूनको सर्वोच्चता मात्र प्रमाणित गरेको छैन्, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको छ ।’ लोकतन्त्रभित्र देखापरेका समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुने कुरा उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक राम्रो मापदण्ड देखाईएको स्पष्ट पारे । उनले अहिलेको शुद्धिकरण अभियान यत्तिमै नरोकिने पनि जिकिर गरे ।

प्रधानमन्त्री दाहालले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेको उल्लेख गर्दै अहिले मिटरब्याज र सहकारीका ठगहरुमाथि कारबाही सुरु भैसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्