Logo

सिके राउतले खुलाए बजेटको पक्षमा मतदान नगर्ने निर्णय गर्नुको कारण



काठमाडौं, १३ असार । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले ल्याएको बजेटको विपक्षमा मतदान गर्ने निर्णय गर्नुको कारण खुलाएका छन् । उनले आफ्नो दलको आज बसेको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए । उनले बजेट गरिब मारा र मधेश विरोधी रहेको आरोप लगाए ।

उनले मुलुकको अर्थतन्त्र धराशयी भएको अवस्थामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्नको लागि बजेट ल्याइएको भन्दै कुनैपनि हालतमा आफूहरुलाई यो बजेट स्विकार्य नभएको स्पष्ट पारे ।

उनले सञ्जालमा लेखेका छन्–

गरीब मारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको बजेट कुनै पनि हालतमा स्वीकार्य छैन। मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सकिदैन।



प्रतिक्रिया दिनुहोस्