Logo

नियमित उडानको तयारी अनुसार सिचुवान एयरलायन्सका अध्यक्ष नेपाल आउँदै



काठमाडौं, असार १५ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा गत साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणाम देखिन थालेको छ ।

अध्यक्ष तिमिल्सिना र चीनको उच्च नेतृत्व बिच भएको छलफलका बिषयमा चीनले सकारात्मक चाँसो राख्दै कार्यान्वयनका लागि पहल थालेको हो । भ्रमणका क्रममा छलफलमा बढी जोड दिइएको पोखरा विमानस्थलमा नियमित उडान गर्ने र नेपालका कृषिजन्य उत्पादनलाई चीनमा सहज प्रवेश दिने बिषय चीनले कार्यान्वयन गर्न थालेको हो ।

चीनको सिचुवान प्राप्तको छेन्दुबाट पोखरा नियमित उडान सञ्चालन गर्ने बिषयमा नेपाली पक्ष संग छलफलका लागि सिचुवान एयरलायन्सका अध्यक्ष मा जून लुन नेपाल आउन लागेको जानकारी चीनियाँ दुतावासले दिएको छ ।

नेपालको नागरिक उड्डयन प्राधिकरण सहितका निकाय तयार भएमा छिट्टै नियमित उडानका लागि सिचुवान एयरलायन्स तयार देखिएको छ । नेपालले त्यसका लागि आवश्यक तयारी गर्न सिचुवान एयरलायन्सको आग्रह छ ।

यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालमा उत्पादन गरिने तयारी घाँस(साईलेस) निर्यातका लागि चीन सकारात्मक भएको छ । घाँस उत्पादक र तिब्बत सरकारका बिचमा सहमति समेत भैसकेको छ भने दुई सातापछि घाँस निर्यात थालिने ब्यबसायीले जानकारी गराएका छन । तिब्बतमा चौंरीका लागि यो घाँस प्रयोग हुन्छ ।

अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिच भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि असार ६ मा चार्टड उडान भैसकेको छ । अध्यक्ष तिमिल्सिनाले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए।

अध्यक्ष तिमिल्सिनाको आग्रह अनुसार नै पोखरामा भएको ड्रागन बोट फेस्टिबलका सहभागीहरु नियमित उडानबाट काठमाण्डौ आउने तयारीमा रहेपछि चीनले सिचुवान एयरलायन्सको बिमान चार्टड गरेर अध्यक्ष तिमिल्सिना सहित नेपाली संसदीय प्रतिनिधी मण्डलका सदस्य र खेलाडीहरुलाई पोखरा पठाएको थियो ।

अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेटवार्ता गरेका थिए भने तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हु संग शिष्टाचार भेट भएको थियो ।

तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ संगको भेटमा तिब्बतमा तयारी घाँस(साईलेज) निर्यात गर्ने देखि नेपाल र तिब्बतका बिचमा रहेका ब्यापारिक नाका सञ्चालन गर्ने तथा पुर्वाधार निर्माणका बिषयमा समेत छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot