काठमाडौं, १६ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाएका छन् । उनले सरकारको कामकारबाहीप्रति जनता सन्तुष्ट नभएको टिप्पणी गरे ।
आज (शनिबार) संसद् भवनमा आयोजित ६५औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा उनले मुलुकको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा जोड दिए । बजेटअघि पनि उनले सरकारको आलोचना गरेका थिए । तर, बजेट पारित गर्ने विषयमा भने उनी मौन रहेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम