Logo

नेपाल स्वास्थ प्राविधिक संघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, असार १७ । नेपाल स्वास्थ्य प्राविधिक संघको स्थापना दिवसको अवसरमा बृहत् निःशुल्क आँखा तथा दन्त परिक्षण शिविरको आयोजना गरिएको छ । शिविर संघको आयोजना र महालक्ष्मी नगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविर महालक्ष्मी नगरपालिका मेयर हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शिविरवाट आँखा तर्फ १०९ र दन्त तर्फ ९५ जना गरि जम्मा २१४ जनालाई सेवा प्रदान गरिएको छ । सो शिविरमा नेपाल नेत्र ज्योति संघ,किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र संजीवनी डेन्टल होम प्रा.लि. ले प्राविधिक सहयोग गरेको थियो । प्रमुख अतिथिको मन्तब्य राख्दै मेयर हरि गोविन्द श्रेष्ठले पंचायतकालमा स्थापना भएको यो संस्थालाई स्वास्थ्यका सबै संगठनको छाता संगठनको रूपमा विकास गर्नुपर्ने ,स्थापना काल देखि हालसम्मका उपलब्धि समेटेर बुकलेट निकाल्न समेत सुझाव दिएका छन् ।

महालक्ष्मी न पा वडा न ८ स्थित लुभु प्राथमिक स्वास्थ केन्द्रमा सञ्चालन भएको उक्त कार्यक्रममा संघका सल्लाहकार तथा स्वास्थ सेवा विभाग टेकुका वरिष्ठ जन स्वास्थ प्रशासक केदार पराजुलीले यस्को इतिहास,हाल सम्म गरिएका कार्यक्रम र आगामी दिनमा यस संघले खेल्नुपर्ने भूमिकाको वारेमा स्पष्ट पारे । त्यस्तै, वडा न ८ का वडा अध्यक्षले आफु पनि यस्को सदस्य रहेकाले कार्यक्रममा सहयोग गर्न पाउँदा गर्भ लागेको कुरा वताए ।

करीव २५० जना उपस्थित रहेको सो कार्यक्रममा आर्थिक ,भौतिक,जनशक्ति लगायतको सहयोग गर्ने महालक्ष्मी न पा, प्राविधिक सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ ,किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र ,संजीवनी डेन्टल होम,गोंगवु ,काठमाडौं ,ठाँउको ब्यवस्थापन गर्ने लुभु प्राथमिक केन्द्र ,प्रचार प्रसारमा सहयोग गर्ने वडा न ८ को वडा कार्यालय र स्थानीय ब्यवस्थापन गर्ने ललितपुर जिल्ला कार्य समिति पान ललितपुरलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

संघका उपाध्यक्ष माइकल देवकोटा शिविर संचालन उप समितिको संयोजक रहनु भएको उक्त शिविरलाई सहयोग गर्नुहुने ३५ जना स्वास्थ्य प्राविधिक र ९ जना स्वयम् सेवकलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । त्यसैगरि ४५ भन्दा बढि जिल्लाहरूमा संघको स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्