Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, असार १७ ।  राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा घटेको हो। यस्तै, अष्ट्रेलियन डलर पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८७ रुपैयाँ १४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १६६ रूपैयाँ २३ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६५ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६६ रूपैयाँ ५५ पैसा तोकिएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ०३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।



प्रतिक्रिया दिनुहोस्