Logo

सिके राउतलाई नै सरकारमा आउन प्रधानमन्त्री दाहालको प्रस्ताव, आज साँझ फाइनल हुने



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । मन्त्रिपरिषद हेरफेर गर्दा प्रधानमन्त्री दाहालले आफ्नै दलबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउने भएका हुन् ।

बालुवाटारनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले आज (आइतबार) विहानमात्रै जनमत पार्टीका अध्यक्ष सिके राउतसँग छलफल गरेका थिए । सो छलफलमा सरकारमा सहभागी हुनेबारे कुराकानी भएको राउतको भनाई छ । समाजवादी मोर्चाको आज साँझ बस्ने बैठकले मन्त्रिपरिषद् हेरफेरको निर्णय लिने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले राउतलाई नै सरकारमा सहभागी हुन भनेका छन् । राउत पनि सरकारमा सहभागी हुन इच्छुक छन् । राउत सरकारमा सहभागी हुँदा माओवादीबाट सरकारमा सहभागी एक मन्त्री ब्याक हुनुपर्ने अवस्था छ । अहिले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई विदा गर्ने प्रधानमन्त्री दाहालको तयारी छ। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्