Logo

नायक आमेश भण्डारी भन्छन–‘समिक्षा अधिकारी मेरो जीवनमा आए म भाग्यमानी हुनेछु’ (भिडिओसहित)



काठमाडौं, १७ असार । नायक आमेश भण्डारीले आफूले गायिका समिक्षा अधिकारीको खराब परिस्थितिमा साथ दिएको स्पष्ट पारेका छन् । अहिले आफू र समिक्षा एकदमै मिल्ने साथी बनेको उनको भनाई छ । भण्डारीले हालै समिक्षा अष्ट्रेलिया रहेको बेलामा आफूहरुले टिकटक बनाएको बताए ।

उनले समिक्षा आफूलाई एकदमै सशक्त र परिपक्व युवती लागेको बताए । समिक्षाले आगामी दिनमा अझै धेरै प्रगति गर्ने उनको विश्वास छ । उनले भने,‘समिक्षाको जीवनमा भोलि जो नै आएपनि उ एकदमै धेरै लक्की हुन्छजस्तो लाग्छ मलाई । मलाई थाहा छैन–म त्यो लक्की मान्छे हो कि होईन ? किनभने भर्खरै त चिनजान भैरहेको छ ।’

प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’ मा कुरा गर्दै आमेशले आफूसँग विवाहको प्रस्ताव लिएर समिक्षाको परिवार आए आफूले हुन्छ भन्ने प्रतिक्रिया दिए । उनले भने,‘अब उमेर पनि भैसक्यो नि मेरो ।’ उनले आफू र समिक्षाबीच लामो कुराकानी हुन गरेको स्विकारे । अहिले आफू नेपालमा रहँदा पनि समिक्षासँग भेट भैरहेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्