Logo

आईसीसी विश्वकप छनोट: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै यूएई



काठमाडौं,१७ असार । आईसीसी विश्वकपको सुपर सिक्समा पुग्न असफल भएका दुई टोलि नेपाल र यूएईबीचको प्लेअफ खेल आज हुँदैछ । जिम्बावेको हरारेस्थित मैदानमा हुने खेलमा टस हारेको यूएईले पहिले ब्याटिङ गर्ने भएको छ ।

आजको खेलका विजेताले सातौं स्थानको लागि आयरलयाण्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलिले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

आज नेपालले सुरुआती ११ मा कुशल मल्ल,ललितनारायण राजवंशी र आशिफ शेखलाई बेन्चमा राखेको छ भने सोमपाल कामी,अर्जुन साउद र प्रतिश जिसीलाई मैदानमा उतारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot