Logo

बाबुराम संगठन विस्तारमा जुटे, ६ महिना अभियान चलाउने घोषणा



काठमाडौं, १७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन निर्माणमा सक्रिय हुने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँगको सम्बन्ध चिसिएपछि भट्टराई आफ्नै पार्टीको संगठन मजबुद बनाउन लागिपरेका छन् ।

उनले छिट्टै संगठन विस्तार अभियान चलाउने घोषणा गरेका छन् । उक्त अभियान भने ६ महिनासम्म चल्ने जनाईएको छ। केन्द्रीय अभियान परिचालन मुल समितिको संयोजक बसेका छन् ।

यस्तै, सचिवालय समितिमा अर्का अध्यक्ष महेन्द्र राय यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङ्तान, विश्वदीप पाण्डे र हरि रिजाल छन्। बाबुराम हालै गठन भएको चार दलीय समाजवादी मोर्चामा समेत समेटिएनन् ।

अहिले उनी प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि रुष्ट छन् । दाहालले आफूलाई धोका दिएको बाबुरामको बुझाई छ । समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको निर्णय र योजना तय गर्नेछ। File Photo



प्रतिक्रिया दिनुहोस्