Logo

एसीसी यू-१६ इस्ट जोन कप: उपाधीका लागि नेपाल र मलेसिया भिड्ने



काठमाडौं,१८ असार । मेलिसियामा जारी एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिताको उपाधीका लागि नेपाल र मलेसिया भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै नेपालले मलेसियासँगको भिडन्त पक्का गरेको हो ।

आज भएको खेलमा नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्दा मलेसियाले हङकङ्गलाई ७८ रनले पाखा लगाउँदै नेपालसँगको भेट पक्का गरेको हो ।
यी दुईबीचको फाइनल खेल भोलि हुनेछ ।

उता सेमिफाइनल खेलमा पराजित सिंगापुर र हंकङ्गबीच तेस्रो स्थानका लागि हुने प्रतियोगिता पनि भोलिनै हुनेछ ।

एउटै समूहमा रहेका नेपाल र मलेसिया यसअघि समूह चरणको खेलमा पनि भिडेका थिए । जसमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot