Logo

२६ ड्रम डिजल बोकेको ट्रिपर खोलाले बगायो



फिदिम, असार १९ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आज बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ । दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको छ भने बाढीमा फसेको ट्रिपरको आधा पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्