Logo

दुर्घटनामा परी गम्भीर घाइतेको मृत्यु



दाङ, १९ असार । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुने तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी हुन् ।

उनको  शिक्षण अस्पताल  कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।

अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुन् । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनीसहित चारजना घाइते भएको थियो ।

तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्