काठमाडौं, २० असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्चको रकम जम्मा गर्न सहयोग संकलन थालेको छ । अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा उक्त सहयोग संकलन अभियान थालेको हो ।
हिजोमात्रै राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त निर्णयलाई लिएर अहिले चौतर्फी आलोचना सुरु भएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम