काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो भनाई राखेका छन् । सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको एक अभिव्यक्तिले देशको गरिमा गिरेको टिप्पणी गरेका छन् ।
उनले अहिले नेपालमा मौसममा मात्रै बादल नलागेर नेपालीको मनमा पनि बादल लागेको बताए । उनले भने,‘नेपालीहरुको भावनामा आघात पुगेको छ। नेपालीहरुको स्वाभिमानमाथि आँच पुगेको छ ।’ प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिलाई एमालेले विरोध जनाएको हो । तस्बिर: मुकुन्द कालिकोटे रिर्पोटस नेपाल