Logo

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ: लुम्बिनीका मुख्यमन्त्री चौधरी



काठमाडौं,२० असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन्  ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उनिहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए ।
त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार राखे । “प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ”, उनले भने, “यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।”
साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिनुभयो । मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले पनि छलफलमा भाग लिएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्