Logo

महाबु गाउँपालिको अस्पताल निर्माणाधीन अवस्थामै चुहियो पानी, पालिका उपाध्यक्षले कमिसनमा मोटो रकम लिएको खुलासा



काठमाडौं, २१ असार । दैलेख जिल्लाको महाबु गाउँपालिकामा बनेको १० शैयाको अस्पतालमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । अस्पतालको भवन निर्माणाधीन अवस्थामै पानी चुहिने अवस्थामा रहेको छ । भवन निर्माणका लागि १० करोडमा ठेक्का लगाइएको थियो । महाबु गाउँपालिकामा अहिले तीन वटा भवनहरु निर्माण भइरहेको भएपनि कुनै पनि प्रयोग गर्न योग्य नभएको स्थानीय बताउँछन् ।

गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी शर्मा (पाण्डे) भवन निर्माणको अनुगमन आफ्नो जिम्मेवारीभन्दा बाहिरको कुरा रहेको बताउँ छिन् । २०७४ को स्थानीय निर्वाचनलगत्तै सुरु गरिएको उक्त भवन निर्माण हालसम्म सम्पन्न भएको छैन । तत्कालीन वडा अध्यक्ष हरिप्रसाद उपाध्यका छोराले उक्त भवन निर्माणको ठेक्का पाएका थिए । स्वास्थ्यजस्तो संवेदनशील विषयमा पालिकाकै संलग्नतामा कमजोर संरचना निर्माण भएको स्थानीय बताउँछन् ।

‘विरामी उपचारका लागि भन्दै बनाइएको अस्पतालको भवन आफैं विरामी अवस्थामा छ । यस्तो अवस्थामा विरामीलाई राखेर उपचार गराउन सकिने अवस्था छैन । गाउँपालि उपाध्यक्षको पनि यसमा संलग्नता रहेको हल्ला छ । भवन गुणस्तरहिन हुँदा पनि उहाँ मौन बस्नुभएको छ । ठेकेदार कम्पनीले दिने कमिसनका कारण जिम्मेवार निकायले नै यस्तो हेलचक्याँई गरिरहेका छन्,’– नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने ।



प्रतिक्रिया दिनुहोस्