काठमाडौं, २१ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टीको तमुवान गण्डक प्रदेश कमिटीको बैठकले ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्ष एवम् संविधानसभा सदस्य तिलक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले भोजराज त्रिपाठीको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो ।
उपाध्यक्ष थापाकाअनुसार प्रदेश कमिटीको उपाध्यक्षमा रेनुकला पौडेल र गोविन्द शर्मा चयन भएका छन् । यस्तै, सचिवमा भने हरि थापा छन् । पछिल्लो समय आजपाले आक्रामक रुपमा संगठन विस्तार गरेको छ । अध्यक्ष प्रभु साहले संसद्मा जनताका आवाज बुलन्द गरिरहेको सन्दर्भमा पार्टीप्रति जनताका व्यापक समर्थन पनि प्राप्त भएको छ ।