Logo

नोबेल मेडिकल कलेजमा दुरवीन प्रविधीबाट पित्त नलीमा रहेको ढुंगाको सफल शल्यक्रिया



काठमाडौं, २२ असार । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा ल्यापारोस्कोपिक सर्जन तथा ग्यास्ट्रोइन्टेरोलोजिष्टको टोलीले संयुक्त रुपमा सफल शल्यक्रियाका साथ उपचार गरेको छ ।

बैदेशिक रोजगारको क्रममा आवुधावीमा रहदा नै करिव साढे चार बर्ष अगाडि पित्त नलीमा पाइप राखेका एक जना विरामीको पित्त नलीमा ढुंगा भएर ढुंगा र पाईप अड्किन गएको कारण जण्डिस भई पिडाले छट्पटिन बाध्य रहेको अवस्थामा नोबेलका ल्यापारोस्कोपिक सर्जनहरु डा.अमित भट्टराई र डा. दिनेश अधिकारीको टोलीद्वारा पित्त नलीको ढुंगा दुरवीन प्रविधीबाट सानो प्वाल पारेर निकालेका हुन् ।

पाँच दिनको अस्पताल बसाई पछि विरामी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । विदेश हुँदा देखिको समस्या स्वदेशमा उपचार भए पछि विरामी र विरामीको आफन्तजन खुशी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्