Logo

पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक



काठमाडौं, असार २२ । हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस नेपाली बजारमा सार्वजनिक गरेको छ । दुवै मोडलले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए ।

यी दुवै पल्सरमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक छ । राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबिएस प्रणाली अपनाएको छ, जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल गर्छ ।

यी दुवैमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टरसहितको रियर नाइट्रोक्स मोनो सक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् । यसमा रहेको न्यु स्पोर्टी ग्राफिक्सको स्लिक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्छ ।

यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ भन्ने पनि देखाउँछ । पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४,२४,९०० र ३,८४,९०० रुपैयाँमा उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस्