Logo

माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा



काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न बालुवाटार पुगेका छन् । उनी सदनको अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बालुवाटार पुगेको बताईएको छ ।

सो क्रममा सत्ता गठबन्धनका प्रमुख सचेतकहरु पनि छलफलमा थिए । प्रधानमन्त्री दाहालले हालै दिएको एक अभिव्यक्तिलाई लिएर एमालेलगायतका दलले सदनमा अवरोध गरेका छन् । ती दलले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले भने एमालेले मिटरब्याजसम्बन्धी विद्येक ल्याउन लागिएको बेला राजीनामाको नाटक गरेर आफ्नो उद्देश्य पूरा गर्न खोजेको आरोप लगाएको छ । एमालेले आज पनि सदन अवरोध गर्ने निर्णय गरिसकेको छ ।

सभामुख देवराज घिमिरले भने सदनको अवरोध खुलाउनको लागि पहल गरिरहेका छन् । आजै दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्