Logo

प्रधानमन्त्री दाहालको अभिव्यक्ति गलत भएको शेखरको टिप्पणी, नेपाली जनतालाई ठेस पुगेको भनाई



काठमाडौं, २२ असार । नेपाली कांग्रेस शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्ति गलत भएको र त्यसले नेपाली जनताको भावनामाथि ठेस पुगेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागेको र सदन अवरोध गरिरहेकै अवस्थामा कांग्रेस नेता कोइरालाको पनि यस्तो अभिव्यक्ति आएको हो । उनले भने,‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पु¥याएको छ ।’ File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot