काठमाडौं, असार २३ । हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले जनताको भावनालाई स्वीकार गर्ने भन्दै अन्ततः माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि सुरुमा माफी माग्न अस्वीकार गरेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।”