Logo

पूर्व राजालाई पुनः राजगद्धीमा देख्न पाइयोस् भन्दै रवीन्द्र मिश्रले दिए जन्मोत्सवको शुभकामना



काठमाडौ, असार २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले छिटोभन्दा छिटो राजगद्धीमा देख्न पाइयोस् भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मोत्सवको शुभकामना दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आज लाँकुरी भञ्ज्याङमा जन्मोत्सव मनाइरहेका छन् । मिश्रले २००४ साल असार २३ गते जन्मेका पूर्वराजा ज्ञानेन्द्रलाई पुनः राजगद्धीमा देख्न पाईयोस भन्दै राजसंस्था फर्कनु पर्ने कामना गरेका छन् ।

राजसंस्था फर्कनेमा जोड दिदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्!
– देश संकट-उन्मुख ‘छैन’ भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।
– मलाई मरिमेटेर ‘दास’ भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।
– मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्दै कुरा हो।
– राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै “नवीन समझदारी” मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।
– त्यो “नवीन समझदारी”को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको — यहाँ व्यक्तिका लागि मात्र होइन — यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख-लाख कामना गर्दछु! देश “नवीन समझदारी”मा पुगेको छिटै देख्न पाइयोस् भनि प्राथना गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot