Logo

एनआरएनए मलेसियाको अधिवेसन जुलाई २९ र ३० मा,आईसिसि सचिव न्यौपानेको संयोजकत्वमा निर्वाचन समिति गठन



मलेसिया : गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ ।

आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा आईसिसि सचिव एबं संघका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा,बिष्णु पौडेल,पर्शु गौली र भिम बहादुर बुढाथोकी रहेका छन ।

उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तांतरण गरेका छन ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष थापाले एनसिसि बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेसनका लागी निर्वाचन समिती गठन गरेको बताए ।

संघका अध्यक्ष थापाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिती निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचनको मिती जुलाई २९ र ३० गर्ने निर्णय गरेको छ । एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागी ४६९९ ले सदस्यता लिएका छन ।

एनआरएनए मलेसियाले निर्वाचन समिती गठन गरि निर्वाचन संयोजकमा आईसिसि सचिव न्यौपानेलाई जिम्मेवारी दिएपछि उनले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि मलेसियाको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए ।

आईसिसि सचिव एबं पुर्व अध्यक्ष न्यौपानेलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा एनआरएनए मलेसियाका कार्यसमिती र मलेसियामा रहेका अन्य नेपाली संघ सँस्थाहरुले पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएको भन्दै खुशी ब्यक्त गरेका छन ।

न्यौपानले आफू अध्यक्ष भएको बेला एनआरएनए मलेसियाको हकहितमा धेरै काम गरेका थिए । हाल एनआरएनए मलेसियाले बिश्वका शक्तीशाली एनआरएनएको सुचिमा आफ्नो नाम लेखाउन सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्