काठमाडौं, २४ असार । सत्ता गठबन्धनको आज विहान बसेको बैठकले संसद्को अवरोध खुलाउन पहल गर्ने निर्णय लिएको छ । त्यसको लागि सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने निर्णय गरेको हो ।
एमालेले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेर सदन अवरोध गरिरहेको छ । एमालेले आज अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठक पनि अवरोध गर्ने निर्णय लिएको छ । यसअघि बसेको राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ ।
प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्तिका कारण एमाले आक्रामक बनेको हो । प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहबारे लेखिएको एक पुस्तक विमोचनको क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेको हो । file photo