काठमाडौं, २४ असार । सदनको अवरोध हटाउनको लागि सिंहदबारमा शीर्ष तीन दलका नेताहरुको छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा सदनको अवरोध खुलाउनेबारे छलफल हुने बुझिएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर सदन अवरोध गरिरहेको छ । यसअघि आजै विहान बसेको सत्ता गठबन्धनको बैठकले सदनको अवरोध हटाउनको लागि एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री दाहालले ओली र देउवासँग छलफल गरेका हुन् ।