Logo

आज कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं, असार २५। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ।

सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्