Logo

प्रदीप पौडेललाई प्रश्न– संसदीय दलको नेता परिवर्तनको प्रक्रिया कहाँ पुग्यो ?



काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले आवश्यक परे पार्टी र संसदीय दलको नेतृत्व परिवर्तन गर्ने अवस्था आउन सक्ने औंल्याएका छन् ।
‘नेतृत्वप्रति प्रश्न उठेका छन् । कार्यशैली मिलेको छैन । त्यसमा सुधार आवश्यक छ । सरकारको पर्फमेन्सका कुरा छन् ।  असार २७ मा सुरु हुने केन्द्रीय समितिको बैठकमा यस्ता धेरै विषयमा निर्मम समीक्षा गर्नुपर्ने र पार्टी रुपान्तरणको दिशामा जान थालेको सन्देश दिनुपर्ने अवस्था छ । यसमा तयार नहुने हो भने नेतृत्व बदल्नुपर्ने पनि हुन सक्छ,’  नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कांग्रेस महामन्त्री गगन थापाले त संसदीय दलको नेतृत्व समेत परिवर्तन गर्ने प्रक्रिया सुरु गर्नुपर्छ भन्नुभएको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘महामन्त्रीले कुन सन्दर्भमा भन्नुभयो, मलाई थाहा छैन । तत्काल संसदीय दलको नेता परिवर्तनको प्रक्रिया सुरु भएको छैन । संसदीय दलको नेता परिवर्तन गर्न त पार्टीले सरकारको नेतृत्व गर्ने समय आउनुपर् यो नि ।’
संघ, प्रदेश र स्थानीय तहमा पार्टीले नेतृत्व गरिरहँदा पनि काम देखाउन नसकेको नेता पौडेलले आरोप लगाए । उनले भने, ‘संघमा नौ मन्त्रालय, सातै प्रदेश, थुप्रै स्थानीय तहमा नेपाली कांग्रेसले नेतृत्व गरेको छ । तर सरकारमा बसेर उल्लेख्य काम नहुने हो भने हामीले हार बेहार्नुपर्ने परिस्थिति हुन्छ । त्यसकारण नेतृत्वले एक वर्षमा यति काम गरेर आऊ भन्न सक्नुपर् यो । अब हामी रिपोर्ट कार्ड बनाएर अघि बढ्न सक्नुपर्छ । तर हाम्रा साथीहरुले आम जनतालाई डेलिभर गर्न सकेका छन् कि छैनन्, त्यो आउनुपर् यो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेले संसद् अवरोध गर्न नमिल्ने नेता पौडेलले औंल्याए । उनले भने, ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, ठीक बोल्नुभयो भन्ने होइन । त्यो सामान्य कुरा पनि होइन । देशको प्रधानमन्त्रीले बोल्दा ख्याल गर्नुपर् यो । तर उहाँले यस विषयमा संसदको फेस गर्न पाउनुपर्छ । उहाँले जुन दिन त्यस्तो बोल्नुभयो, त्यही दिन रोस्ट्रममा उभिएर बोल्न किन नभनिएको ? संसद्को यतिका समय खेर गयो । यतिका दिनपछि संसदलाई बन्धक बनाउनु एमालेको दम्भ हो । एमालेलाई देखाउँदै सभामुखले संसद् बन्द गर्न मिल्छ ? संसद्को बहुमत रहुन्जेल प्रधानम्न्त्री कायम रहन्छन् भन्ने एमालेले किन ख्याल नगरेको ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot