Logo

शेखर समूहको बैठकका कारण बालुवाटारको सडक अस्तव्यस्त



काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न बालुवाटर पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरका नेताले आफ्नो सवारी सडकमै पार्किङ गर्दा सवारी आवागमन अस्तव्यस्त भएको छ ।

आज विहान प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटर पुगेका कांग्रेस संस्थापनइतर पक्षका नेताले प्रधानमन्त्री निवास बाहिरको सडकमै सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा लामो जाम भएको छ ।

प्रधानमन्त्री निवास भित्र आजै पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समापन समारोह भएका कारण उक्त कार्यक्रममा सहभागी हुन आउनेहरुका सवारी समेत सडकमै पार्किङ हुँदा आम सर्वसाधारणले सास्ती खेपेका छन् ।

कार्यालय समयमा सवारी आवागमन नै असर पुग्ने गरी सकड किनारामा सवारी पार्किङ भएपछि ट्राफिक प्रहरीलाई सवारी आवागमन सुचारु गर्न हम्मेहम्मे परेको छ ।



प्रतिक्रिया दिनुहोस्