Logo

नैतिकता जिवित छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन (भिडिओसहित)



काठमाडौं, २५ असार । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरे ।

उनले भने,‘नैतिकता भन्ने चिज यदि जिवित छ भने उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले राजीनामा दिनुपर्छ । यो दबाबले मागिने कुरा होईन । म यो सभालाई स्मरण गराउन चाहन्छु, अघिल्लो सभाको कुरा, तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले सानो बोली चिप्लिँदाखेरि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो । यो राष्ट्रको सार्वभौमसत्तासँग जोडिएर प्रधानमन्त्रीबाट यस्तो कुरा आउनु सामान्य कुरा होईन।’



प्रतिक्रिया दिनुहोस्