काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकम दाहालले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पारिरहेका छ्न । उनले भने,‘सम्मानित यो सदनप्रति पूर्ण निष्ठासहित म संसदमा उठेका सबै साना तथा ठूला प्रश्नको जवाफ दिँदै आएको छु, । संसद्मा उठेका प्रश्नहरुको जवाफ दिनु एउटा प्रतिनिधिसभा सदस्यको हैसियतले र प्रधानमन्त्रीको हैसियतले जिम्मेवारी ठान्दछु । एउटा पुस्तक विमोचनको सन्दर्भमा मेरो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले मुख्य रुपमा उठाएको विषयमा मेरो गम्भीर ध्यानाकार्षण भएको छ । मैले सुरुमा बोल्ने अवसरको लागि माग गरेको थिएँ । मैले सभामुखसमक्ष र राजनीतिक दलसमक्ष पनि यति गम्भीर प्रश्न उठिनै सकेपछि मैले यथार्थ के हो भनेर आफ्नो स्पष्टीकरण दिने अवसर दिने कुरा सबभन्दा ठूलो कुरा थियो ।’
उनले राजीनामा नआएसम्म संसद् चल्न दिईनेछैन भनेर किन भनियो भनेर आफूले नबुझेको स्पष्ट पारे । उनले भने,‘के यही हो ससदीय अभ्यास ? प्रतिपक्षलाई त्यो हक छ, राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ । संसदीय अभ्यास र पद्धती के हो भनेर उहाँहरुलाई राम्रोसँग थाहा छ ।’ उनले आफू अहिले काउन्टर एट्याकको लागि सदनमा उपस्थित् नभएको पनि स्पष्ट पारे । उनले आफूले तर्कद्धारा प्रतिपक्षी दलका सांसदहरुको काउन्टर गर्न नगएको स्पष्ट पारे ।