Logo

प्रधानमन्त्री कार्यालय परिसरमै ओली र देउवाबीच भनाभन



काठमाडौं, २५ असार । सोमबार दिउँसो सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा शीर्ष तीन दलका शीर्ष नेताहरूको बैठक बस्यो।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, एमालेबाट केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी रहेका थिए।

संसद् गतिरोध अन्त्यका लागि बसेको बैठकको जानकारीका लागि प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीहरू नेताहरूलाई कुरिरहेका थिए।

बैठक सकिएपछि सभापति देउवा र अध्यक्ष ओलीसँगै बाहिर निस्किए। बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा दुईटै नेताहरूले पन्छिन खोजे। उनीहरूले एकले अर्कालाई बोल्नेभन्दै पन्छिए।

सञ्चारकर्मीको प्रश्न : के भयो छलफल ?
सभापति देउवा : (ओलीतिर इशारा गर्दै) उहाँ बोल्नुहुन्छ।
अध्यक्ष ओली : सभापति बोल्न खोज्दै हुनुहुन्छ, सभापति हुँदाहुँदै अरूले बोल्न मिल्छ?



प्रतिक्रिया दिनुहोस्