Logo

प्रधानमन्त्री प्रचण्डको सम्बोधनलाई सकारात्मक रूपमा लिएका छौँ : एमाले



काठमाडौं, २५ असार । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(सोमबार) संसद्‍मा दिएको अभिव्यक्तिलाई सकरात्मक रूपमा लिएको बताएको छ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले सचेत पदम गिरीले प्रचण्डले आज संसद्‍मा दिएको अभिव्यक्तिलाई सकरात्मक रूपमा लिएको बताएका हुन्।

उनले भने,‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नुभएको छ। यसलाई हामी स्वीकार गर्छौं। उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन। गहिराइबाट जवाफ आएको छैन। उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ।’



प्रतिक्रिया दिनुहोस्