काठमाडौं, असार २६ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारअहिले बिहान हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक९दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
आज राती कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा९हुरीको पनि सम्भावना रहेको छ।