Logo

प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ : माधव नेपाल



काठमाडौं, २६ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । उनले अहिलेको सरकारलाई पाँचै वर्ष टिकाइ रहनको लागि गठबन्धन दलभित्र छलफल चलिरहेको र पाँच वर्षसम्म यही सरकार टिकाउने गरी निचोडमा पुग्ने दाबी गरे ।

आज (मंगलबार) पाल्पा पुगेर अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले भने हिजो संसद्मा सम्बोधन गर्ने क्रममा आफू लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नभएको टिप्पणी गरेका छन् । उनले जति दिन कुर्सीमा बसेपनि देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसको भोलिपल्ट आज भने माधव नेपालले वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका हुन् । सो अवसरमा उनले प्रधानमन्त्री प्रचण्डलाई सीमा नाघेर नबोल्न सुझाव दिए । उनले भने, ‘हाड नभएको जिब्रोले झुक्क्याउँछ। बोल्दा ख्याल गर्नुपर्छ, जिब्रो फ्याट्ट बोल्छ र हाडभित्र लुक्न गइहाल्छ। अनि हाडले घेरिएको कपाल दुख्न थाल्छ। स्पष्टीकरण र जवाफ दिँदा दिँदै झन् कपाल दुख्छ। जिब्रो आनन्दले बसेको हुन्छ। अनावश्यक टाउको दुखाउने गरी अभिव्यक्ति दिने कुरामा सचेत हुनुपर्दछ ।’ File Photo



प्रतिक्रिया दिनुहोस्